नियम ५८
पूँजी घटाउने वा खारेज गर्ने बारे
कर्पोरेशनले समय समयमा विशेष प्रस्ताव पास गरी सो प्रस्ताव पास भएको मितिसम्ममा बाँकी रहन गएको वा कुनै व्यक्तिले नलिई वा लिन मञ्जूर नगरी त्यसै रहेको शेयरहरू खारेज गर्न वा हराएका वा उपलब्ध जायज्यथाको आधार नभएको पूँजीलाई खारेज गर्न वा शेयरहरू उपर दायित्व कम गर्दा आफ्नो पूँजी घटाउन सक्नेछ ।